वैशाख २६, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको १ लाख २५ हजार ६८० कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।
बैंकले विभिन्न संस्थापक सदस्यहरुको नाममा रहेको उल्लेखित शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी लिलामीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो शेयर खरीदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।