वैशाख २६, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीको खुद नाफा १५ दशमलव ५४ प्रतिशत घटेको छ ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. १९ करोड ५० लाख रहेको कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू. १६ करोड ४७ लाखमा सीमित भएको छ ।
कम्पनीको सञ्चालन मुनाफा पनि १५ दशमलव ५४ प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. २६ करोड १५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ३० करोड ९६ लाख रूपैयाँ आर्जन गरको थियो ।
एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा २६ दशमलव ९१ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ४६ करोड ६ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ५८ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२ दशमलव ९३ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ९ दशमलव ३३ प्रतिशतले घटेको छ ।
कम्पनीको खराब कर्जा ५ दशमलव ७२ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण) ८६ दशमलव १५, मूल्य आम्दानी अनुपात २६ दशमलव २७ गुणा छ भने प्रतिशेयर नेटवर्थ ३२९ दशमलव २८ छ ।
हाल कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ४८ दशमलव १४ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख रुपैयाँ थियो ।
कम्पनीले केहि महीना अघिमात्र आईपीओ निष्कासन गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।