गत वर्षभन्दा यस वर्ष मध्य भोटेकोशी जलविद्युत कम्पनीको नोक्सानी घट्यो

Share News

वैशाख २६, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । गत आवमा  रू.२ करोड ८९ लाख नोक्सानीमा रहेको उक्त कम्पनीको नोक्सानी चालू आवमा घटेर रू. १ करोड ११ लाखमा झरेको हो ।

कम्पनीको चुक्तापूँजी रू.६ अर्ब रहेको छ भने जगेडा कोष रू. २९ करोड ८३ लाख ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.शून्य दशमलव २५ ऋणात्मक (वार्षिकीकरण), तरलता अनुपात २ दशमलव ६२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ९५ दशमलव शून्य ३ रहेको छ ।

कम्पनीको जलविद्युत् आयोजना निर्माण चरणमा रहेकाले आम्दानी हुन नसकेको वित्तीय विवरणमा उल्लेख छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।