मल्टीपर्पस फाइनान्सको १३% बोनस शेयर सूचीकृत

Share News

वैशाख २६, काठमाडौं । सोमवार नेप्सेमा मल्टीपर्पस फाइनान्सको बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीको ५ लाख २० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।