९ महीनामा बुटवल पावर कम्पनीको खुद नाफा करीब २४ करोड  

Share News

वैशाख २७, काठमाडौं । चालू आर्थिक वर्षको ९ महीनासम्ममा बुटवल पावर कम्पनी लिमिटेडले रू. २३ करोड ७५ लाखभन्दा बढी खुद नाफा गरेको छ । 

गत वर्ष यस अवधिसम्म यो नाफा रू. ४५ करोड ८६ लाखभन्दा बढी थियो । यस वर्ष कम्पनीको खुद नाफा ४८ दशमलव २० प्रतिशत कम भएको हो । 

कम्पनीको सञ्चालन नाफा ४९ प्रतिशत कम भएकाले यस वर्ष खुद नाफा घटेको हो । गत वर्ष रू. ४८ करोड ३४ लाखभन्दा बढी सञ्चालन नाफा भएको कम्पनीको यस वर्ष रू. २४ करोड ६२ लाखभन्दा बढी मात्र भएको हो ।

विद्युत् विक्री आम्दानी यस वर्ष १६ दशमलव ३७ प्रतिशत बढी रू. ५९ करोड ४८ लाखभन्दा बढी भएको छ ।

१० प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. ३ अर्ब २४ करोड ६३ लाख २७ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम भने ७ दशमलव ३४ प्रतिशत घटेर रू. ३ अर्ब ७० करोड ५८ लाखभन्दा बढी कायम भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ३२ र प्रतिशेयर नेटवर्थ रू. २१४ दशमलव १५ रहेको छ । 

यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात ५१ दशमलव ३७ गुणा छ ।

                                              स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।