वैशाख २७, काठमाडौं । हिमालयन हाईड्रोपावर लिमिटेडले १४औं वार्षिक साधारण सभा जेठ १८ गते बोलाएको छ ।
कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा होटल पोखरा ग्राण्ड, विरौटा, पोखरामा दिनको १ बजे शुरु गर्ने निर्णय गरेको हो ।
सभाको विशेष प्रस्तावमा कम्पनीको नियमावली संशोधन गर्ने रहेको छ । त्यस्तै स्वतन्त्र व्यवसाहिक सञ्चालक नियुक्ती गर्ने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।