वैशाख २७, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को खुद नाफा गत वर्षभन्दा करीब ९ प्रतिशत वृद्धि भएको छ ।
गत वर्ष रू. ६३ करोड ८९ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ६९ करोड ६१ लाखभन्दा बढी यो नाफा गरेको हो । कम्पनीको कुल आम्दानी गत वर्षभन्दा यस वर्ष १० प्रतिशत बढी भएको छ । गत वर्ष रू. ९९ करोड ९० हजारभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ९९ करोडभन्दा बढी यो आम्दानी गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ७० करोड रहेको छ । कम्पनीले यस वर्ष ८ प्रतिशत बोनस शेयर वितरण गरेको हो भने शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा ३ करोड ३० लाख कित्ता शेयर भने वितरण हुन बाँकी छ । अवितरित हकप्रद शेयर विक्रीको लागि पनि कम्पनीलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डले बाटो खुला गरिसकेको छ ।
जगेडा कोष रकम गत वर्षको भन्दा ८७ दशमलव ७० प्रतिशत बढेर रू. २ अर्ब ९५ करोड ६३ लाखभन्दा बढी कायम भएको छ । कम्पनीको आयोजना कर्जा रू. ६ अर्ब ३९ करोड ८७ लाखभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म यो कर्जा रू. ३ अर्ब ९१ करोड ५१ लाखभन्दा बढी थियो । यस वर्ष कर्जा रकम वृद्धि भएको छ ।
कम्पनीको तेस्रो त्रैमाससम्म प्रतिशेयर नेटवर्थ रू. १०७ दशमलव २३ रहेको छ भने मूल्य आम्दानी अनुपात रू. ५२ दशमलव ३८ गुणा छ ।
स्रोत : कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।