आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा प्राप्त शिलबन्दी बुधवार खोलिदैं  

Share News

वैशाख २७, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा प्राप्त गोप्य शिलबन्दी बोलपत्र वैशाख २८ गते खोलिने भएको छ । 

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा बिहान ८:३० बजे गोप्य शिलबन्दी बोलपत्र खोलिने भएको हो ।

कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारणतर्फको ८८ हजार ९३४ कित्ता शेयर वैशाख १२ गतेदेखि २१ गतेसम्म लिलामीमा विक्री गरेको थियो । 

यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको थियो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी पेश भएका बोलपत्र मात्र बाँडफाँटमा सामेल हुने जानकारी विक्री प्रबन्धकले दिएको छ । 

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।