वैशाख २८, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्मममा रू.१० करोड ६९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा १७ दशमलव ५१ प्रतिशतले वृद्धि भएको हो ।
गत आवमा कम्पनीले रू. ९ करोड १० लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी १७ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १५ करोड ६३ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १८ करोड ३१ लाख पुगेको हो ।
कम्पनीको चुक्तापूँजी रू.१ अर्ब १७ करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २२ करोड ९५ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको बीमा कोषमा रू. ६७ करोड ४ लाख जम्मा भएको छ। चालू आवमा कम्पनीले कुल रू. १ अर्ब २६ करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ ।
यो बीमाशुल्क गत आवको तुलनामा ३७ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीले कुल रू. ९१ करोड ८५ लाख बीमाशुल्क आर्जन गरेको थियो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू.१२ दशमलव १६(वार्षिक), मूल्य आम्दानी अनुपात ४९ दशमलव ३६ र प्रतिशेयर नेटवर्थ रू. १७ ८ दशमलव ३१ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।