९ महीनामा आइएमई लाइफ इन्स्योरेन्सद्वारा रू. २ अर्ब ४४ करोडभन्दा बढी बीमाशुल्क आर्जन

Share News

वैशाख २८, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल रू.२ अर्ब ४४ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा २९ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले कुल रू. १ अर्ब ८९ करोड बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले हालसम्म भने कुल रू. ८ अर्ब ९ करोड बीमाशुल्क आर्जन गरेको छ। 

कम्पनीले चालू आवमा रू. १० करोड १९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने सामान्य अर्थात् १ दशमलव ८६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा रू. १० करोड १ लाख नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा १५ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको तेस्रो त्रैमाससम्ममा रू. १४ करोड ६ लाख आम्दानी गरेको उक्त कम्पनीले चालू आवमा बढेर रू. १६ करोड २२ लाख आम्दानी गरेको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । कम्पनीले जगेडामा भने रू. ६० करोड ८८ लाख सञ्चित गरेको छ ।

त्यसैगरी जीवन बीमा कोषमा रू. ४ अर्ब २४ करोड रहेको छ । यो जीवन बीमा कोष गत आवको तुलनामा ७० प्रतिशतलेवृद्धि भएको हो । गत आवमा कम्पनीको जीवन बीमा कोषमा रू.२ अर्ब ४९ करोड जम्मा भएको थियो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।