वैशाख २८,काठमाडौं। मोबाइल फोन निर्माता कम्पनी मोटोरोलाले संसारकै पातलो (स्लिम) स्मार्ट फोन सार्वजनिक गर्ने भएको छ । बजार गुमाइरहेको मोटोरोला नयाँ फिचरफोन सहित बजारमा आउन लागेको हो ।
मोटोरोलाको यो नयाँ स्मार्टफोनको नाम मोटोरोला ईड्ज-३० रहेको छ । बहुप्रतिक्षित यो फोनलाई लिएर यसको डिजाईन र फिचरका बारेमा चर्चा भइरहेको थियो । यो फोन हालसम्म बजारमा आएका फोनमध्ये सबैभन्दा पातलो ५जी स्मार्ट फोन हुनेछ । भोलि बिहीवार यो फोन सार्वजनिक हुँदै छ ।
सबै भन्दा पातलो फोन
कम्पनीको दाबी अनुसार मोटरवाला ईड्ज३० संसारको सबैभन्दा पातलो फोन हुनेछ । मोटरवाला ईड्ज-३० थीकनेस ६.७९ एमएम हुनेछ । यो ५जी स्मार्टफोनमा कटिङएज टेक्नोलोजी प्रयोग गरीएको छ । यो फोन स्टाईलिस रहेको छ भने यसको तौल जम्मा १ सय ५५ ग्राम हुनेछ ।
यस्ता छन बिशेषता
मोटरवाला ईड्ज-३० स्मार्टफोनमा १४४ एचजेड रिफ्रेस रेट हुनेछ भने ५.५ ईन्चको पीओएलइडी डिस्प्ले रहने छ । कम्पनीका अनुसार आउँदै गरेको यो फोनमा ७७८जी प्लस चिपसेट सपोर्ट रहने छ । यसमा ८ जीबी र्याम र २५६ जीबी ईन्टरनल स्टोरेज सपोर्टका साथ आउने जनाईएको छ ।
यो स्मार्टफोनमा क्वार्ड क्यामेरा हुनेछ । ५० मेगापिक्सलको अल्ट्रा-वाईड क्यामेरा र ५० मेगा पिक्सलको माईक्रो लेन्स क्यामेरा हुनेछ भने यसमा एउटा डेप्थ क्यामेरा सेंसर पनि रहने छ ।
यसमा अफ्टिकल ईमेज स्टेवेलाईजेसन एचडीआर-१० भिडियो रेकर्डिङ, फोर-के भिडियो रेकर्डिङ सपोर्ट सहित आउने छ । सेल्फी पारखिका लागि ३२ मेगापिक्सलको सेल्फी क्यामेरा दिईएको छ ।
मोटरवाला ईड्ज-३० मा चार्जिङका लागि ३३ वाट टर्बो चार्जिङ सपोर्ट सहित टाईप-सी पोर्ट रहेको जनाईएको छ । यसमा ४ हजार एमएएचको ब्याट्री ब्याकअप रहेको छ । यस फोनले सजिलै ५जी सपोर्ट गर्ने बताईएको छ । यसको मुल्य यूरोपियन बजारमा ४५० यूरो हुने बताईएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।