बैंक अफ काठमाण्डूले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति, ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

Share News

वैशाख २८ , काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले रू. १ अर्ब १० करोड बराबरको बराबरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा वैशाख २६ गते निवेदन दिएको हो ।

विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ७ वर्षका लागि वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा बिओके डिबेञ्चर २०८६ नामक ऋण्णपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । 

धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख ६० हजार कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।