जाल्पा सामुदायिक लघुवित्तको सर्वाधिक रू. ६ करोड ७९ लाख बराबरको शेयर खरीदविक्री 

Share News

जेठ ३, काठमाडौं । साताको पहिलो कारोबार दिन मंगलवार बजार खुलेको करीब २ घण्टाको अवधिमा कारोबारमा आएका २११ ओटा धितोपत्र मध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको धितोपत्र सर्वाधिक खरीदविक्री भएको छ ।

सो अवधिमा कम्पनीको रू. ६ करोड ७९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार २९१ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशलमव ४४ प्रतिशतले घटेको हो ।

यो  समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५२ दशमलव ५७ अंक घटेर २ हजार २९७ दशमलव ८५ विन्दुमाा झरेको छ । यसैगरी उक्त अवधिसम्ममा  कुल रू.६८ करोड ७२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।