जेठ ६, काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको विशेष सधारण सभा शनिवार हुने भएको छ ।
नबिल बैंकले सिल्भर ओक ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे साधारण सभा हुने जानकारी दिएको छ । सभाले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिल बैंकको ४३ कित्ता(१ः०.४३)हुने गरी प्राप्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी नेपाल बङ्गलादेश बैंकले शनिवार बिहान ११ बजे भर्चुअल माध्यमबाट विशेष साधारण सभा गर्ने जानकारी गराएको छ ।
विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंकलाई नबिल बैंकले प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यी कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि वैशाख ३० गते बुक क्लोज गरेका छन् ।
यस आधारमा बैशाख २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्ने सम्झौता भएसँगै हाल नेपाल बङ्गलादेश बैंकको शेयर कारोबार रोक्का रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।