जेठ ८, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १२ हजार कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गर्न लागेको हो ।
आइतवार सूचना जारी गर्दै कम्पनीले उल्लेखित शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले आगामी सात दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पुतलीसडक, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।
कम्पनीले संस्थापक शेयरधनी सरद कुमार नेपालको नाममा रहेको उक्त शेयर विक्रीको आह्वान गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।