जेठ १०, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार फण्डले वैशाख मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ९४ करोड ४० लाख लगानी रहेको छ । यो लगानी चैत मसान्तसम्मको तुलनामा भने २ प्रतिशतले कमि आएको हो ।
चैत मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ९६ करोड ६५ लाख लगानी गरेको थियो । वैशाख महीनामा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्य घटेसँगै समग्र सूचीकृत शेयरमा लगानी घटेको हो ।
त्यसैगरी फण्डको एनएभी पनि चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ । फण्डको एनएभी चैत मसान्तसम्ममा रू. ११ दशलमव ७२ रहेकोमा वैशाख महीनामा रू. ११ दशमलव ५० कायम भएको छ। वैशाख मसान्तसम्ममा फण्डले रू. १३ करोड ५७ लाख नाफा कमाएको छ ।
यो नाफा चैत मसान्तको तुलनामा भने १७ प्रतिशतले घटेको हो । फण्डले चैत मसान्तसम्ममा रू. १६ करोड ४० लाख नाफा कमाएको थियो । वैशाख महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । चैत मसान्तसम्ममा कुल आम्दानी रू.१८ करोड ४७ लाख रहेकोमा वैशाख मसान्तसम्ममा रू. १५ करोड ८५ लाखमा सीमित भएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।