कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट

Share News

जेठ १०, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार बजार खुलेको डेढ घण्टाको अवधिमा कारोबारमा आएका २०७ ओटा धितोपत्रमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । कम्नपीको शेयरमूल्य प्रतिकित्ता रू. ४२२ दशमलव १० कायम भएको छ ।

कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । उक्त अवधिसम्ममा मार्केट डेप्थमा हेर्दा  कम्पनीको शेयरमा २४ हजार ६४४ कित्ता शेयर विक्री माग रहेको छ भने खरीद माग शून्य रहेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।