लुम्बिनी विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

Share News

जेठ ११, काठमाडौं । लुम्बिनी विकास बैंकले डिबेञ्चर (ऋणपत्र) रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । 

बैंकले १० वर्ष अवधिको ब्याजदर ११ प्रतिशत ब्यादरको ‘११% एल.बि.बि.एल डिबेञ्चर २०८९’ जारी गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गरेको हो । 

बैंकले रू. १ हजार अंकित दरको १० लाख कित्ताले हुन आउने रू. १ अर्ब बराबरको ऋणपत्र जारी गर्न लागेको हो । 

उक्त सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले गत वैशाख २८ गते हस्ताक्षर गरेका हुन् । 

प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्वीकृति पश्चात निष्कासन गर्ने कम्पनीले बताएको छ ।

काठमाडौं डिल्लिबजार स्थित मुख्य कार्यालय रहेको लुम्बिनी विकास बैंकले देशका ७ ओटै प्रदेशमा ८३ ओटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।