जेठ १३, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स फण्ड २ ले वैशाख मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी चैत महीनाको तुलनामा वैशाख महीनामा बढेको छ । फण्डले चैत मसान्त सम्ममा रू. १९ करोड १० लाख नोक्सानीमा रहेकोमा वैशाख मसान्त सम्ममा बढेर रू. २२ करोड ३६ लाख पुगेको हो । वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । चैत मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. २ करोड २६ लाख रहेकोमा वैशाख मसान्त सम्ममा बढेर रू. २ करोड ४८ लाख पुगेको हो । त्यसैगरी वैशाख मसान्त सम्ममा फण्डको जम्मा आम्दानी रू. १९ करोड ८५ लाख रहेको छ । त्यसैगरी फण्डको एनएभी पनि चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ । चैत मसान्त सम्ममा फण्डको एनएभी रू.१२ दशलमव ३४ रहेकोमा वैशाख मसान्त सम्ममा रू.१२ दशमलव ०६ कायम भएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।