वैशाख मसान्तसम्म नबिल ब्यालेन्स फण्ड-३ को सूचीकृत धितोपत्रमा लगानी रू. ६५ करोड ३९ लाख

Share News

जेठ १३, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स फण्ड-३ ले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार फण्डले वैशाख मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६५ करोड ३९ लाख लगानी गरेको छ । यो लगानी चैत महीनाको तुलनामा भने १ प्रतिशत घटेको हो । 

फण्डले चैत मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६६ करोड २१ लाख लगानी गरेको थियो । त्यसैगरी फण्डको एनएभी पनि चैतको तुलनामा वैशाख महीनामा घटेको छ । 

चैत मसान्तसम्ममा फण्डको एनएभी रू. ९ दशमलव ३८ रहेकोमा वैशाख मसान्त सम्ममा रू. ९ दशमलव २३ कायम भएको हो । वैशाख मसान्तसम्ममा फण्डले रू. २ करोड १२ लाख नोक्सानीमा रहेको छ । 

चैत मसान्तसम्ममा पनि फण्डले रू. १ करोड ९३ लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी चैतको तुलनामा वैशाखमा बढेको देखिन्छ । वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । 

चैत मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. १ करोड ९३ लाख रहेकोमा बढेर रू. २ करोड १२ लाख पुगेको हो । त्यसैगरी फण्डको जम्मा आम्दानी वैशाख मसान्तसम्ममा रू. ७ करोड ४४ लाख ऋणात्मक रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।