वैशाख मसान्तसम्ममा एनआईसी एशिया सेलेक्ट ३० को रू. ७८ लाखभन्दा बढी नाफा

Share News

जेठ १३, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० ले वैशाख मसान्तको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीले वैशाख मसान्तसम्ममा रू. ७८ लाख ५८ हजार नाफा कमाएको छ । यो नाफा चैत मसान्तको तुलनामा १५ प्रतिशत घटेको हो । 

चैत मसान्तसम्ममा फण्डले रू. ९३ लाख ३६ हजार नाफा कमाएको थियो । वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएसँगै नाफा घटेको हो । चैत मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. १ अर्ब ७५ करोड रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. १ अर्ब ९७ करोड पुगेको हो । 

फण्डको आम्दानी भने चैत महीनाको तुनलामा वैशाख महीनामा बढेको छ । चैत मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २ करोड ६८ लाख रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. २ करोड ७५ लाख पुगेको हो । 

त्यसैगरी फण्डको एनएभी चैत मसान्तसम्ममा रू. १० दशमलव शून्य २ रहेकोमा वैशाख मसान्तसम्ममा रू. १० दशमलव शून्य १ कायम भएको हो । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. २२ करोड ६९ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्तसम्ममा रू. २३ करोड ७४ लाख थियो ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।