जेठ १५, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिप्टीले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरणआइतवार सार्वजनिक गरेको छ ।
उक्त विवरण फण्डको सूचीकृत धितोपत्रमा लगानी चैत महीनाको तुलनामा वैशाख महीनामा बढेको छ । चैत मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. १ अर्ब १२ करोड लगानी गरेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. १ अर्ब १६ करोड पुगेको हो ।
त्यसैगरी फण्डको एनएभी पनि घटेको छ । चैत मसान्तसम्मा फण्डको एनएभी रू. १४ दशमलव ८१ रहेकोमा वैशाख मसान्तसम्ममा रू. १४ दशमलव ६९ कायम भएको हो । त्यसैगरी फण्डले वैशाख मसान्त सम्ममा रू. १५ करोड ९८ नोक्सानीमा रहेको छ ।
चैत मसान्तसम्ममा पनि फण्ड रू. १४ करोड ४४ लाख नोक्सानीमा रहेको थियो । यसरी हेर्दा फण्डको नोक्सानी बढेको छ । वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।
चैत मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. २ करोड ८० लाख रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू.३ करोड १० लाख पुगेको हो । त्यसैगरी वैशाख मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. १२ करोड ८७ लाख ऋणात्मक रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।