एनएमबि हाईब्रिड फण्ड एल- १ को एनएभी रू. १३.८४

Share News

जेठ १५, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल - १ ले खुद सम्पत्ति मूल्य विवरण आइतवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ। चैत मसान्तसम्ममा फण्डको एनएभी रू. १३ दशमलव ८९ रहेकोमा वैशाख महीनामा रू. १३ दशमलव ८४ कायम भएको हो ।

त्यसैगरी फण्डको नोक्सानी भने चैत महीनाको तुलनामा वैशाख महीनामा बढेको छ । फण्डले चैत मसान्त सम्ममा रू. १० करोड नोक्सानीमा रहेकोमा वैशाख महीनामा रू. १० करोड ५५ लाख पुगेको हो ।

वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । चैत मसान्तसम्ममा जम्मा खर्च रू. २ करोड ५ रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. २ करोड २८ लाख पुगेको हो ।

त्यसैगरी वैशाख मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ८ करोड २६ लाख ऋणात्मक रहेको छ । फण्डको सूचीकृत शेयरमा लगानी भने बढेको छ । चैत मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा रू. ६५ करोड ९ लाख लगानी रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. ६५ करोड ३५ लाख पुगेको छ। 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।