हिमालयन जनरल इन्स्योरेन्सले असार २ गते बोलायो विशेष साधारण सभा

Share News

जेठ १६, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विषेश साधारण सभा असार २ गते गर्ने भएको छ।

कम्पनीले सभा बिहान ११ बजे एयरपोर्ट होटल एयरपोर्ट, काठमाडौंमा हुने जानकारी दिएको हो ।  यस हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई एकापसमा गाभिने प्रयोजनको लागि विषेश साधारण सभा बोलाएको हो ।

मर्जर प्रक्रिया शुरु भएसँगै गत वैशाख २३ गतेदेखि कम्पनीको शेयर कारोबार रोक्का रहेको छ । सोही कारण जेठ २५ गतेसम्म कायम शेयरधनीले कम्पनीको विशेष साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।