चिनियाँ कम्पनीमाथि भारतले बढायो निगरानी जेडटीई, भिभो अनुसन्धानको दायरामा 

Share News

जेठ १७, नयाँ दिल्ली (भारत) । भारतले चिनियाँ बहुराष्ट्रिय दूरसञ्चार उपकरण निर्माता कम्पनी जेडटीई र बहुराष्ट्रिय प्रविधि कम्पनी मोबाइल दूरसञ्चार उपकरणको भारतीय एकाईहरुमाथि अनुसन्धान गरिरहेको छ ।

आफूले हेरेको कागजपत्रलेयस्तो देखाएको भन्दै ब्लुम्बर्गले समाचार छापेको छ । यसअघि नै भारतले चिनियाँ स्मार्टफोन निर्माताकम्पनी साओमी कर्पोरेशनमाथि पनि वित्तीय अनियमितताको आरोपमा अनुसन्धान गरिरहेको छ । 

कागजपत्रअनुसार संघीय मामिला मन्त्रालयले लेखा परीक्षकको प्रतिवेदन जाँच्ने भएको छ । मन्त्रालयले अज्ञात स्रोतबाट धोकाधडीसमेतका सम्भावित उल्लंघनबारे जानकारी पाएको थियो । 

भिभोको मामिलामा भने अप्रिलमा स्वामित्व र वित्तीय प्रतिवेदनमा उल्लेख्य अनियमितता भएको छ कि भने हेर्न छानबिन गरिएको थियो । अधिकारीहरुलाई तत्कालै जेडटीईको आर्थिक प्रतिवेदनको अध्ययन गरेर तत्कालै तथ्यहरु पेश गर्न भनिएको थियो । यस मामिलामा जेडटीई र भिभोले कुनै प्रतिक्रिया दिएका छैनन् । कर्पोरेट मामिला मन्त्रालयका प्रवक्ताले पनि इमेलको जवाफ नदिएको ब्लुम्बर्गको भनाइ छ । 

सन् २०२० यता भारतले चिनियाँ कम्पनीहरुमाथि कडाई गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले टिकटकसमेत चिनियाँ प्रदायकहरुका २०० भन्दा धेरै मोबाइल एपमा प्रतिबन्ध लगाएको थियो । यो महीना भारतको सम्पत्ति शुद्धीकरण एजेन्सीले विदेशी विनिमय कानून उल्लंघन गरेको आरोपमा साओमीको भारतीय एकाईका खाता नियन्त्रणमा लिएको थियो ।

अदालतको आदेशपछि सो निर्णय रोक्का गरिएको छ । मन्त्रालयले ५०० भन्दा धेरै चिनियाँ कम्पनीहरुको बासलातको निरीक्षण गर्ने प्रक्रिया शुरु गरेको यस मामिलाबारे जानकार स्रोतले बताएको समाचारमा उल्लेख छ ।

यो सूचीमा जेडटीई र भिभो बाहेक साओमी, ओप्पो, हुवावेई, अलिबाबा ग्रुपको कयौं भारतीय एकाई पनि भएको स्रोतको भनाइ छ । केही मामिलामा मन्त्रालयले कम्पनीका निर्देशक, शेयरधनी, हितार्थी र मालिकहरु समेतको जानकारी माग्दै पत्र पठाएको पनि बताइएको छ । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।