जेठ १८ काठमाडौं। नेपाल टेलिकमको एपमा केहि नयाँ सुविधाहरु थप गरिएको छ । नमस्ते पे सेवा पहिलो पटक एपमा समावेश गरिएको छ । टेलिकमले एपमार्फत विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल समेत थप गरिएको जनाएको छ ।
‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने भएको छ । त्यसैगरी आफ्नो जानकारी (केवाईसी) अपडेट गर्न तथा अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेका छन् ।
फाइबर टु द होम अर्थात एफटीटीएच प्रयोगकर्ताहरुले एपमार्फत एफटीटीएचको सिपिई रिस्टार्ट गर्न, वाईफाईको एसएसआईडी परिवर्तन गर्न, डाटाको खपत तथा बचत बारेमा जानकारी लिन र महशुल तिर्न सकिनेछ ।
नेपाल टेलिकम एपमा वैयक्तिक जानकारीहरु मार्फत नवीकरण गर्न सकिने छ । त्यसैगरी डिलरहरुले एमपोस समेत लगइन गर्न सकिने छ ।
एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएच लगायतका सेवाहरुको बारेमा जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधाहरु उपभोग गर्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरु खरिद गर्न र प्याकेजको अवस्था वारेमा सहजरुपमा जानकारी प्राप्त गर्न सकिन्छ ।
यसका साथै ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरु उपहार को रुपमा पठाउन सकिन्छ । त्यसैगरी विभिन्न प्रकारका भ्यालु एडेड सर्भिस को प्रयोग गर्न, नेपाल टेलिकमका विभिन्न सेवाहरुमा समस्या आएमा गुनासा टिपाउन र विभिन्न सेवाहरुको बिल तिर्न पनि सकिन्छ ।
यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पनि सकिन्छ ।।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।