जेठ १९, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ २० गते बुक क्लोज गर्ने भएकाले आज अर्थात् बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा धनगढी, कैलालीमा बिहान ११ बजे सभा गर्ने जानकारी दिएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. ३९ करोड २८ लाख ८ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्न लागेको हो । कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।
साथै, अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।