जेठ २३, काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवमा रू.२ करोड ६८ लाख नाफा कमाएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा भने रू. २ करोड ७० लाख नाफा कमाएको थियो ।
यसरी हेर्दा कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा शून्य दशलमव ६६ प्रतिशत घटेको देखिन्छ । कम्पनीको सञ्चालन आम्दानी भने गत आवको तुलनामा चालू आवमा १६ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको गत आवमा सञ्चालन आम्दानी रू. ७९ करोड १७ लाख रहेकोमा चालू आवमा बढेर रू. ९२ करोड ४९ लाख पुगेको हो ।
कम्पनीको चुक्तापूँजी रू. ३ करोड ८७ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा रू. २२ करोड १२ लाख सञ्चित रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।