जेठ २४, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको ८ लाख ८० हजार कित्ता संस्थापक शेयर आज (मंगलवार) देखि विक्रीमा आएको छ ।
कम्पनीले प्रतिकित्ता रू. १४१ मूल्य तोकेर उक्त शेयर असार ७ गतेसम्मका लागि विक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि जो कोहि व्यक्ति तथा संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
शेयर खरीदका लागि आवेदन दिदाँ तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र असार ८ गते अपरान्ह ३ बजे विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, काठमाडौंमा खोलिने कार्यक्रम तय भइसकेको छ ।
रितपूर्वक प्राप्त बोलपत्रहरुमध्ये सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकहरूलाई शेयर बाँडफाँट गरिने कम्पनीको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।