जेठ २४, टोकियो(जापान) । जापानी विद्युतीय सामाग्री निर्माता कम्पनी सोनी ग्रुपका पूर्व प्रमुख कार्यकारी अधिकृत(सीईओ) नोबुयुकी इदेईको निधन भएको छ ।
उनको ८४ वर्षको उमेरमा जुन २ मा निधन भएको हो । सन् १९९८ देखि सन् २००५ सम्म कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका उनले डिजिटल तथा मनोरञ्जन व्यवसाय अगाडि बढाउन मूख्य भूमिका निर्वाह गरेको सोनी ग्रुप कर्पोरेशनले मंगलवार जारी गरेको एउटा बयानमा उल्लेख छ ।
उनी मुटु रोगी थिए । कम्पनीका मुख्य कार्यकारी अधिकारी केनिचिरो योशिदाले कम्पनीलाई इन्टरनेट युगमा सामेल गराउने कार्यमा सह्रानीय भुमिका रहेको भन्दै कम्पनी उनको योगदानको ऋणी रहेको बताएका छन् । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।