छिमेक लघुवित्तको शेयर किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण :

Share News

जेठ २४, काठमाडौं । मंगलवार छिमेक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य एक वर्षयताकै न्यून विन्दुमा झरेको छ । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३ मा झरेको हो । एक वर्ष अगाडि २०७८ जेठ २४ गते कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७७८ मा पुगेको थियो । यसरी हेर्दा कम्पनीको शेयरमूल्य एक वर्षको अवधिमा साढे ४३ प्रतिशत घटेको छ । यस कम्पनीले चैत मसान्तसम्ममा रू. ७१ करोड ७१ लाख नाफा कमाएको छ । 

गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ९५ करोड ५९ लाख नाफा कमाएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३२ करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २ अर्ब, रिटेण्ड अर्निङमा रू. १ अर्ब २४ करोड र शेयर प्रिमियममा रू. ४ करोड ९ लाख सञ्चित गरेको हो । 

कम्पनीको प्रधान कार्यालय मध्यबानेश्वर, काठमाडौंमा रहेको छ । कम्पनीको शेयर संचरना संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत रहेको छ । संस्थापक समूहमा छिमेक समाज सेवा, नबिल बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू र अन्य व्यक्तिहरु रहेका छन् । हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चोलाराज शर्मा रहेका छन् भने अध्यक्षमा राम चन्द्र जोशी रहेका छन् । कम्पनीले ६९ जिल्लामा १९३ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 

५ वर्षको लाभांश इतिहास :

कम्पनीको ५ वर्षको आर्थिक वित्तीय अवस्था (रकम रू. हजारमा) :


५ आवको नाफाको ट्रेण्ड :


 

 

प्राविधिक विश्लेषण :
मैनबत्ती चित्र 

                        मार्च १० २०२२                                                                           ७  जुन २०२२

५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो पुच्छर भएको कालो मैनबत्ती आकृती बनेको छ । यस्तो आकृतीले कम्पनीको शेयरमूल्य घट्ने संकेत देखाउँछ । यद्धपि कम्पनीको शेयरमूल्य एक वर्षयताकै न्यून विन्दुमा झरेको छ । सोही कारण  अव कम्पनीको शेयरमा विस्तारै खरीदकर्ता आउने सम्भावना पनि देखिन्छ । यसोत कम्पनीको पछिल्लो पाँच दिनदेखि बजार ट्रेण्ड हेर्दा यही कतै टेवा पाउन खोजेको देखिन्छ । 

आरएसआई :

                  मार्च १० २०२२                                                                                 ७ जुन २०२२

५८ दिनको कारोबार अवधिमा आरएसआई ३५ दशमलव ५२ विन्दुमा रहेको छ । यो ओभरसोल्ड जोनमा रहेको छ । यस्तो अवस्थामा विक्री चाप रहेको देखिन्छ । 

स्ट्याण्डर्ड डेभिएशन :


                                      मार्च १० २०२२                                                                            ७  जुन २०२२

कम्पनीको स्ट्याण्र्ड डेभिएशन ३ दशमलव ७९ विन्दुमा रहेको छ । यस्तो अवस्थामा उतारचढाव न्यून रहेको देखाउँछ । कम जोखिम युक्त र पूर्वानुमान गर्न सजिलो छ । लाभ पनि न्यून हुन सक्छ । 

मुभिङ एभरेज :

                                   मार्च १० २०२२                                                               ७  जुन २०२२

हालको शेयरमूल्य ७ दिने र १४ दिने एक आपसमा नजिकिन खोजेका छन् ।  यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयरमूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ । मंगलवारको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार  देखि सस्तिएमा  रू. ९९९ मा टेवा पाउने र महँगिएमा रू. १ हजार ३९ मा प्रतिरोध पाउने देखिन्छ । 

(यद्धपि हामीले उपलब्ध तथ्याङ्कको अधारमा गरेको विश्लेषण आफैमा पूर्ण होइन, लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको समग्र आधारभूत पक्ष र प्राविधिक पक्ष हर्नु आवश्यक रहेको छ ।)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।