कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिने अन्तिम दिन बिहीवार

Share News

जेठ २५,  काठमाडौं । गत जेठ १२ गतेदेखि विक्रीमा आएको कुमारी धनवृद्धि योजनाको इकाई आवेदन दिने अन्तिम दिन बिहीवार जेठ २६ गतेसम्म रहेको छ । 

फण्डले छिटो अवधि जेठ १७ गते तोकिएको थियो । सो अवधिसम्म विक्री हुन नसकेको यो इकाई ढिलो अवधि जेठ २६ गतेसम्म विक्रीमा रहने जानकारी कुमारी क्यापिटलले दिएको हो । 

क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरका रू. १ अर्ब २० करोड बराबरको १२ करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा विक्री गर्न लागिएको हो । 

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ । 

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने बन्दमुखी प्रकृतिको १० वर्ष अवधिको यस फण्डको इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । 

साथै, मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ । क्यापिटललेनै इकाई विक्री प्रबन्धकको जिम्मेवारी पूरा गर्नेछ । सिडिएस क्लियरिङ्गका अनुसार यस फण्डको इकाईमा बुधवार बिहान १० बजेसम्ममा १ लाख ३७ हजार ७०४ जना आवेदकले ११ करोड ६३ लाख ६५ हजार ३५० इकाईका लागि आवेदन दिएका छन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।