कुमारी धनवृद्धि योजनाको इकाई आजसम्म मात्र विक्रीमा रहने 

Share News

जेठ २६, काठमाडौं । जेठ १२ गतेदेखि विक्रीमा आएको कुमारी धनवृद्धि योजनाको इकाई आजसम्म मात्र विक्रीमा रहने भएको छ । उक्त इकाई छिटो अवधि जेठ १७ गतेभित्र विक्री नभएपछि ढिलो अवधिसम्म जेठ २६ गतेसम्म विक्री खुला गरिएको हो । 

क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरका रू. एक अर्ब २० करोड बराबरको १२ करोड इकाई विक्री गर्न गरेको हो । कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा विक्री गरिएको हो । 

उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ । 

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने बन्दमुखी प्रकृतिको १० वर्ष अवधिको यस फण्डको इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । 

साथै, मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ । क्यापिटलले नै इकाई विक्री प्रबन्धकको जिम्मेवारी पूरा गर्नेछ । 

इकाई विक्री बन्दको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।