सिवाईसी नेपाल लघुवित्तको आईपीओ सूचीकृत, कति पाउला त ओपन रेञ्ज ?

Share News

जेठ २७, काठमाडौं । शुक्रवार नेप्सेमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । 

कम्पनीको १२ लाख १६ हजार ४१८ कित्ता आईपीओ सूचीकृत भएको हो । अब कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ३४४ दशमलव ३६ देखि १ हजार ३३ दशमलव शून्य ८ ओपन रेञ्ज पाएको छ । नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३ लाख ९५ हजार ३३६ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ८ लाख २१ ह्जार ८२ कित्ता सहित गरेर कुल १२ लाख १६ हजार ४१८ कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

जेठ २७ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार शुरु हुनेछ । साथै कम्पनीले शेयर सूचीकरण पछि दिनुपर्ने आरटिएस सेवा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडबाट प्रदान गर्ने नेप्से मार्फत जानकारी दिएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।