जेठ ३१, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको संस्थापक शेयर असार ८ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९७ हजार ९२१ कित्ता र एनआईसी एशिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला हुने भएको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले असार १६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
नेपाल लाइफ इन्स्योरेन्सका न्यूनतम मूल्य रू. ७०० र एनआईसी एशिया बैंकको न्यूनतम मूल्य रू. ४०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।
दुवै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
दुवै कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।