सिटिजन्स बैंकको ५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा 

Share News

जेठ ३१, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ५ हजार २८६ दशमलव ६३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । 

बैंकले प्रतिकित्ता रू. १५० मूल्य तोकेर उक्त शेयर विक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र माग गरेको हो । 

यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा आवेदन नपरेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि यो शेयर जारी गरिएको हो । 

इच्छुक खरीद कर्ताहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु पर्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।