असार १, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले १ लाख ५१ हजार ६४५ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले बुधवार सूचना जारी गर्दै उक्त शेयर विक्री गर्ने जानकारी दिएको हो ।
कम्पनीले उक्त शेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन भनेको छ ।
सो अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।