असार १, काठमाडौं । मर्जर गर्ने विशेष प्रस्ताव पारित गर्न हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बिहीवार गर्ने भएका छन् ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बिहान ११ बजे एयरपोर्ट होटल, काठमाडौंमा हुने जानकारी दिएको हो ।
त्यसैगरी एभरेष्ट इन्स्योरेन्स कम्पनीले विषेश साधारण सभा बिहान ११ बजे अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा हुने जानकारी दिएको छ । दुवै कम्पनीले एकापसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सभामार्फत अनुमोदन गर्नेछन् । यी दुई कम्पनी १ : शून्य दशमलव ८५ अनुपातमा गाभिदै छन् ।
जसअनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीको १०० कित्ता हुने शेयरधनीले मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् । विशेष साधारण सभाले दुवै कम्पनीको गाभ्ने / गभिने सम्बन्धि अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा अन्य सम्झौताहरु अनुमोदन गर्नेछ ।
साथै सभाले मर्जरपछि कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड रहने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।