ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरमा जाने सम्झौता भएसँगै शेयर कारोबार रोक्का

Share News

असार २, काठमाडौं ।  ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनीहरुले बिहीवार बिहान मर्जरमा जाने सम्झाैता भएसँगै शेयर कारोबार रोक्का भएको हो । 

बिहीवार होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा मर्जर सम्झौतामा हस्ताक्षर समेत भएपछि शेयर कारोबार रोक्का भएको हो । 

दुई बैंकहरु १ बराबर १ अनुपातमा शेयर आदान प्रदान गर्ने प्रारम्भिक सम्झौता भएको छ ।  

मर्जरपछि बन्ने बैंकको अध्यक्षमा चन्द्र ढकाल नै हुनेछन् भने सीईओमा रत्नराज बज्राचार्य नै हुनेछन् । ढकाल अहिले पनि ग्लोबल आइएमई बैंकका अध्यक्ष हुन् भने राष्ट्र बैंकबाट अवकास प्राप्त बज्राचार्य पनि ग्लोबल आइएमई बैंककै सीईओको रुपमा कार्यरत छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।