बैंक अफ काठमाण्डूूको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला

Share News

असार २, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिहीवार अर्थात् असार २ गतेदेखि लिलामीमा विक्री खुला गरेको छ । 

कम्पनीले १ लाख ३१ हजार ५३१ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्याक्ति फर्म कम्पनी तथा संगठित संस्थाले असार १६ गते अपरान्ह ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १७० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सक्नेछन् ।

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

लिलामी शेयरको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।