असार ५, काठमाडौं । नेपाल बैंकको सञ्चालकमा सह- सचिव केदारनाथ शर्मा नियुक्त भएका छन् ।
अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा बैंकको सञ्चालकमा यसअघि रहेका रितेश कुमार शाक्यको स्थानमा उनी नियुक्त भएका हुन् ।
गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।