असार ६, काठमाडौं। मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गरिरहेको नेपाल टेलिकमले एक महीनामा २ किलोमिटर मात्रै अप्टिकल फइवर बिच्छ्याएको पाइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आयोजनाको मासिक प्रगती बिवरणमा एक महीनामा दुई किलोमिटर मात्रै अप्टिकल फाइबर बिच्छ्याएको उल्लेख गरेको छ । आयोजना अन्तर्गत २ हजार १७९ किलोमिटर अफ्टिकल पाइबर बिछ्याउनुपर्ने छ ।
दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य सहित शुरु भएको यो आयोजना चार वर्ष पूरा हुँदा समेत सकिएको छैन । कोभिडको कारण देखाउँदै समयावधी थप भएको आयोजनाको पहिलो र तेस्रो खण्डको कार्य नेपाल दुरसञ्चार कम्पनी (NTC) ले गरिरहेको छ ।
ग्रामिण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोडने सूचना महामार्ग निर्माण गर्ने कार्यलाई तीनओटा प्याकेजहरु मार्फत अगाडि बढाइएको थियो । पहिलो र तेस्रो खण्डको निर्माण जिम्मा पाएको टेलिकमले हाल सम्म १ हजार ३१६ किलोमिटर मात्रै अप्टिकल फाइबर तार बिच्छ्याएको छ ।
दोस्रो खण्डको निर्माणको जिम्मा यूनाईटेड टेलिकम (UTL) ले पाएको थियो। सर्त बमोजिम काम नगरेको भन्दै प्राधिकरणले ठेक्का खोसेको थियो । यूनाईटेड टेलिकम अदालत पुगेपछि हाल सम्म अगाडी बढ्न सकेको छैन ।
पहिलो प्याकेज अनुसार २८ ओटा डीडब्लूडीएम प्रणालीको जडान गर्नुपर्नेमा २७ ओटाको जडान भएको छ। यस अन्तरगत कलस्टर १ को सम्पूर्ण १३ साइटहरुको मनिटरिङ सम्पन्न भइ ईस्यू रिसोलुसनमको काम भइरहेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ ।
कलस्टर २ को १३ मध्ये १२ साइटहरुको कमिसनिङको कार्य सम्पन्न भई कलस्टरको प्रोभिजनल एसेप्ट्यान्स टेष्ट (PAT) कार्य सम्पन्न भएको छ ।
४८ ओटा कोर राउटर उपकरणहरुको जडान गर्नुपर्नेमा ४७ ओटाको जडान कार्य सम्पन्न भइ फाईनल एसेप्ट्यान्स सर्टिफिकेट (FAC) जारी हुने प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ ।
टेलिकमले नै निर्माण गरिरहेको प्याकेज ३ (कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश) अन्तरगत एडीएसएसको सामान आपूर्ति भइ ३२० कि.मि. एडीएसएस जडान कार्य सम्पन्न भएको छ । २८ ओटा डीडब्लूडीम उपकरण मध्ये २३ वटा स्थानहरुमा जडान सम्पन्न भइ कलस्टर १ को १६ साइटहरुको प्रोभिजनल एसेप्ट्यान्स सर्टिफिकेटको प्रक्रियामा रहेको छ ।
कलस्टर २ को ९ साइटहरुको एसेप्ट्यान्स् टेष्ट (AT) कार्य सम्पन्न भएको छ। ५६ कोर राउटर उपकरण अन्तर्गत ४६ साइटहरुको जडान कार्य सम्पन्न भई प्रोभिजनल एसेप्ट्यान्स टेष्ट रिक्वस्ट आएको प्राधिकरणले जनाएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।