दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ बुधवार बाँडफाँट हुँदै

Share News

असार ७, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ बुधवार बाँडफाँट हुने भएको छ ।

 बिहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गर्ने भएको हो । उक्त कम्पनीको आईपीओमा मागभन्दा ८ दशमलव ८७ गुणा बढी आवेदन परेको छ । यस आधारमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । 

 कम्पनीको आईपीओका लागि कुल १५ लाख ६४ हजार ५२२ जनाले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका लागि आवेदन दिएका थिए  । यस आधारमा २ लाख १ हजार ९८६ जनाले मात्र १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी १३ लाख ६२ हजार ५३६ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले जेठ २६ गतेदेखि ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर जारी गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामुहीक लगानी कोष र ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । 
 
बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणलाई निष्कासन गरेको हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आईपीओलाई ‘केयर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।