नेशनल हाइड्रोपावर,एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

Share News

असार ७, काठमाडौं । नेशनल हाइड्रोपावरसहित तीन ओटा कम्पनीको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

एनएलजी इन्स्योरेन्सको १२ लाख ६ हजार १३ दशमलव शून्य ५ कित्ता बोनस शेयर, प्रभु इन्स्योरेन्सको १२ लाख ७८ हजार ९२ दशमलव ५६ कित्ता र नेशनल हाइड्रोपावर कम्पनीको २५ लाख ६६ हजार ५७ दशमलव ४३५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव  ती  तीन ओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । नेशनल हाइड्रोपावरले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ दशमलव ५२५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

 त्यसैगरी प्रभु इन्स्योरेन्स कम्पनीले चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत बोनस शेयर र एनएलजी इन्स्योरेन्स कम्पनीले चैत १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।