जेठ मसान्तसम्म लक्ष्मी उन्नति कोषको न्याभ १०.४९, नाफा पनि घट्यो 

Share News

असार ९, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले खुद सम्पत्ति मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) बैशाख महीनाको तुलनामा जेठ महीनामा घटेको छ । बैशाख मसान्तसम्ममा फण्डको न्याभ रू. ११ दशमलव ४७ रहेकोमा जेठ महीनामा रू. १० दशमलव ४९ कायम भएको हो । एक महिनाको अवधिमा  न्याभमा ९८ पैसा घटेको हो ।

त्यसैगरी फण्डको नाफा वैशाख महीनाको तुलनामा जेठ महीनामा घटेको छ । फण्डले वैशाख मसान्त सम्ममा रू. ९ करोड १० लाख नाफामा रहेकोमा जेठ महीनामा रू. २ करोड ७० लाख पुगेको हो ।

जेठ महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी घटेकोले  नाफा घटेको हो । वैशाख मसान्तसम्ममा जम्मा खर्च रू. १ करोड २० लाख रहेकोमा जेठ मसान्तसम्ममा बढेर रू. १ करोड ३१ लाख पुगेको हो । त्यसैगरी जेठ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ४ करोड १ लाख रहेकोमा सो आम्दानी वैशाख महीनासम्म १० करोड ३१ लाख थियो ।

फण्डको सूचीकृत शेयरमा लगानी भने घटेको  छ । वैशाख मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा रू. ४३ करोड ९२ लाख लगानी रहेकोमा जेठ मसान्तसम्ममा घटेर रू. ३५ करोड ६४ लाख पुगेको छ । फण्डको मुद्दती निक्षेपमा ७ करोड रहेको छ ।

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।