लक्ष्मी इक्विटी फण्डको न्याभसँगै नाफा पनि घट्यो

Share News

असार ९, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले सम्पत्ति मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) वैशाख महीनाको तुलनामा जेठ महीनामा घटेको छ ।

वैशाख मसान्तसम्ममा फण्डको न्याभ रू. ११ दशमलव ५० रहेकोमा जेठ महीनामा रू. १० दशमलव ४६ कायम भएको हो । एक महिनाको अवधिमा  न्याभमा १ दशमलव शून्य ४ पैसा घटेको हो ।

त्यसैगरी फण्डको नाफा वैशाख महीनाको तुलनामा जेठ महीनामा घटेको छ । फण्डले वैशाख मसान्त सम्ममा रू. १३ करोड ५७ लाख नाफामा रहेकोमा जेठ महीनामा रू. ६६ लाख १ हजार पुगेको हो ।

जेठ महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी घटेकोले  नाफा घटेको हो । वैशाख मसान्तसम्ममा जम्मा खर्च रू. २ करोड २८ लाख रहेकोमा जेठ मसान्तसम्ममा बढेर रू. २ करोड ५० लाख पुगेको हो । त्यसैगरी जेठ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ३ करोड १६ लाख रहेकोमा सो आम्दानी वैशाख महीनासम्म १५ करोड ८५ लाख थियो । 

फण्डको सूचीकृत शेयरमा लगानी भने घटेको  छ । वैशाख मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा रू. ९४ करोड ४० लाख लगानी रहेकोमा जेठ मसान्तसम्ममा घटेर रू. ८० करोड १५ लाख पुगेको छ । फण्डको मुद्दती निक्षेपमा १७ करोड ५० लाख रहेको छ ।

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।