खप्तड लघुवित्तको शेयर रजिष्ट्रारमा मेगा क्यापिटल मार्केट्स नियुक्त 

Share News

असार ९, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ ।

यी दुई संस्थाबीच बुधवार शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम र क्यपिटलका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

कम्पनीले १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । 

सम्झौता अनुसार अब उक्त आइपीओ बाँडफाँटपछि खप्तड लघुवित्तको सेयरधनीहरुको अभिलेख राख्न, शेयरको धितोबन्धक/ रोक्का राख्न, बोनस शेयर तथा नगद लाभांशको भुक्तानी व्यवस्था गर्न, शेयर नामसारी तथा दाखिला खारेज जस्ता शेयर रजिष्ट्रारको सेवा मेगा क्यापिटलले प्रदान गर्नेछ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।