असार १२, काठमाडौं । नेपाल पुनर्बीमा र एनएलजी इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ ।
नेपाल पुनर्बीमा कम्पनीको पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ दशमलव ५ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा भएको छ । त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको चैत १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।