हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई मर्जरमा जान बीमा समितिको अन्तिम स्वीकृति

Share News

असार १२, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गाभ्न/ गाभिनका लागि नियामक निकाय बीमा समितिबाट अन्तिम स्वीकृति पाएका छन् । दुई कम्पनी एक आपसमा गाभ्नका लागि बीमा समितिले गत बुधवार स्वीकृति दिएको हो । 

गत वैशाख २३ गते दुबै कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको थियो । सम्झौतापश्चात दुबै कम्पनीले असार २ गते विशेष साधारणसभा बोलाएर मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका हुन् ।  

साधारणसभाले एभरेष्टको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ कित्ता  स्वाप रेशियो कायम हुने गरी मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । मर्जरपश्चात बन्ने कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।