जेठ महीनामा एनआइसी एशिया ब्यालेन्सड् फण्डको नाफा ७ करोड ७० लाखले घट्यो

Share News

असार १३, काठमाडौं । एनआइसी एशिया बैंक  म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइसी एशिया ब्यालेन्सड् फण्डले खुद सम्पत्ति मूल्य विवरण सोमवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) बैशाख महीनाको तुलनामा जेठ महीनामा घटेको छ । बैशाख मसान्तसम्ममा फण्डको न्याभ रू. १३ दशमलव १० रहेकोमा जेठ महीनामा रू. १२ दशमलव शून्य ७ कायम भएको हो । एक महीनाको अवधिमा  न्याभ रू. १ दशमलव शून्य ३ घटेको हो ।

त्यसैगरी फण्डको नाफा वैशाख महीनाको तुलनामा जेठ महीनामा घटेको छ । फण्ड वैशाख मसान्तसम्ममा रू. २१ करोड ९६ लाख नाफामा रहेकोमा जेठ महीनामा रू. १४ करोड २५ लाख पुगेको हो । एक महीनाको अन्तरालमा नाफा रू. ७ करोड ७० लाख घटेको हो ।

जेठ महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी घटेकोले  नाफा घटेको हो । वैशाख मसान्तसम्ममा जम्मा खर्च रू. १ करोड ६९ लाख रहेकोमा जेठ मसान्तसम्ममा बढेर रू. १ करोड ८३ लाख पुगेको हो । 

त्यसैगरी जेठ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. १६ करोड ८ लाख रहेकोमा सो आम्दानी वैशाख महीनासम्म २३ करोड ६५ लाख थियो । 

फण्डको सूचीकृत शेयरमा लगानी भने घटेको  छ । वैशाख मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा रू. ५५ करोड ८२ लाख लगानी रहेकोमा जेठ मसान्तसम्ममा घटेर रू. ४७ करोड १५ लाख पुगेको छ । फण्डको मुद्दती निक्षेपमा ९ करोड रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।